बैंक नयाँ चरणमा पुगेको नेपाल बंगलादेश बैंकको दाबी, नयाँ लोगो सार्वजनिक

Feb 19, 2017 merolagani

नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) ले आफ्नो संस्थागत नयाँ लोगो सार्वजनिक गरेको छ । बैंकले विगतमा प्रचलनमा रहेको आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयां लोगोलाई प्रस्तुत गरिएको जनाएको छ ।



नयां लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले बैंक नयां चरणमा प्रवेश गरेको बताउदै नयां लोगोको प्रवद्र्धनले बैैकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए ।

नयां लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।

 

अहिलेको वर्तमान विषम परिस्थितिमा पनि नेपाल बंगलादेश बैक एक उत्कृट, विश्वसनीय, सक्षम र सृजनशिल बैैंक हो र भविष्यमा पनि आफ्ना ग्राहकवर्ग तथा समग्र समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयां लागोले सहयोग गर्ने विश्वास बैंकले लिएको छ । उक्त नयां लोगोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको प्रमुख कार्यकारी ज्ञानेन्द्र डुङनाले बताए ।

चालु आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तिय विवरण अनुसार बैंकको कुल चुक्ता पूंजी चार अर्ब, निक्षेप संकलन ४१ अर्ब तथा कर्जा लगानी ३६ अर्ब रहेको छ । साथै सोही अवधिको खुद नाफा ५४ करोड रहेको छ ।

चार अर्ब चुक्ता पूँजी रहेको बैंकले जगेडाकोषमा २ अर्ब ५६ करोड रुपैयाँ राखेको छ । बैंकले गतबर्षको मुनाफबाट ३२ प्रतिशत बोनस बाँडेर चुक्तापूँजी बढाएको हो । साथै बैंकले आठ अर्ब पुर्याउने योजनामा ८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रियामा रहेको छ।

बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएम बाट आफ्नो सेवा उपलब्ध गराई रहेको छ ।

नयाँ लोगो सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्चअधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीको उपस्थिति थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।