हिमालयनको पुस २९ गते सम्पन्न २३ औं साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाइ २० प्रतिशत बोनस सेयर प्रदान गरेको छ भने सिद्धार्थको पुस २२ मा सम्पन्न १५ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर प्रदान गरेको हो । उता १५ दशमलव ८० प्रतिशत बोनस प्रदान गरेको सिटिजन्स् बैंकले पनि लगानीकर्तालाई डिम्याट खातामा नै बोनस प्रदान गर्ने भएको हो ।
दुबै ईन्स्योरेन्स कम्पनीको सेयर विक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्यापिटलले सम्बन्धित कम्पनीको साधारणसभा प्रयोजनका लागि सेयरधनी किताब बन्द हुनुअगाडि सेयर डिम्याट गरेका सेयरधनीलाई डिम्याट खातामा नै बोनस उपलब्ध गराउने जनाएको छ । हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीलाई भने डिम्याट खाता खोली सेयर डिम्याट गराए पश्चात क्यापिटलले स्वत खातामा बोनस प्रदान गर्नेछ ।
उता सिटिजन्स् बैंकले असोज १६ गते सम्पन्न दशौ साधारण सभाबाट पारित बोनस लगानीकर्ताको डिम्याट खातामा नै जम्मा गरिसकेको र कुनै कारणबस खातामा सेयर जम्मा नभएको भए विक्री प्रबन्धक सि.बि.आई.एल क्यापिटल बाटुलेघरमा सम्पर्क राख्न भनेको हो ।
विस्तृत जानकारीका लागि क्यापिटलमा सम्पर्क गर्न तीनबटै कम्पनीले लगानीकर्तालाई आग्रह गरेका छन् ।