झण्डै पाँच करोड नगद लाभांश संकलन नगर्ने लगानीकर्ता को होलान् ?

Feb 20, 2017 merolagani

'थोरै कित्ता सेयर अनि त्यसको पनि न्युन प्रतिशत नगद लाभांस', यहि कारण लगानीकर्ताले सुचिकृत कम्पनीहरुले छुट्याएको लाभांस संकलन नियमित गर्ने गरेका छैनन् । अधिकांस सुचिकृत कम्पनीहरुसँग लगानीकर्ताले संकलन नगरेको करोडौं लाभांस रकम बैंक खातामा जम्मा भएर बसेको अवस्था छ । यस क्रममा एनआईसि एशियामा बैंकमा मात्र गत आर्थिक वर्षको लाभांस सहित लगानीकर्ताको झण्डै पाँच करोड रुपैंया लाभांस बैंकमा नै थुप्रिएको छ ।

एनआईसि एशिया बैंकका अनुसार चार करोड ८९ लाख ८७ हजार पाँच सय ३९ रुपैँया ८२ पैसा नगद लाभांस लगानीकर्ताले अझै संकलन गरेका छैनन् । 

एन.आई.सीसँग मर्ज भएको बैंक अफ एशियाको सेयर निष्काशनमा लगानी गरेका लगानीकर्ताले समेत बैंकबाट सात लाख ४८ हजार एक सय ७७ रुपैँया ९६ पैसा आजसम्म फिर्ता नलगेकाहरुलाई उक्त रकम पिर्ता लिन बैंकले आग्रह गरेको छ । यसबाट लगानीकर्ता कति आफ्नो हक अधिकार लिन्छन् भन्ने देखाउँछ ।

यसरी पाँच बर्षसम्म आफ्नो नगद संकलन नगरेका लगानीकर्ताले अबको एक महिनाभित्र सो रकम नलगे कम्पनी रजिष्ट्रारले लैजाने भएको छ । यसरी लगिएको सो रकम लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ को दफा ७ (३) को कानुन बमोजिम लगानीकर्ता संरक्षण कोषमा दाखिल हुने बैंकले जनाएको हो ।

पछिल्लो समय लगानीकर्ताले आफ्नै खातामा बोनस सेयर तथा नगद लाभांश पाउने अवस्था आएपनि यस अघिको लगानीकर्ता आफैं सेयर विक्री प्रवन्धक कहाँ पुगेर संकलन गर्नुपर्ने अवस्थाले धेरै लगानीकर्ताको लगानी निष्कृय अवस्थामा रहने गरेको देखिएको हो । जसको गतिलो उदाहरण एन.आई.सी. एशिया बैंकका सेयरधनीलाई हेर्दा पुग्छ । अन्य बैंकमा लगानी गर्ने लगानीकर्ताहरुको अवस्था पनि उस्तै छ ।

एन.आई.सी को आर्थिक बर्ष २०५७ /५८, आर्थिक बर्ष २०६१/६२, आर्थिक बर्ष २०६६/६७,र आर्थिक बर्ष २०६७/६८ मा घोषणा गरेको नगद लाभांश मध्ये क्रमश नौं लाख पाँच हजार आठ सय ७५ रुपैँया, पाँच लाख २९ हजार दुई सय रुपैँया, एक करोड ४२ लाख १७ हजार ४ सय ९६ रुपैँया २५ पैसा, र एक करोड १९ लाख ४५ हजार सात सय ६५ रुपैँया ७४ पैसा संकलन गर्न बाँकी रहेको बैंकले जनाएको छ ।

त्यस्तै बैंक अफ एशिया नेपाल लिमिटेडतर्फको आर्थिक बर्ष २०६५/६६, आर्थिक बर्ष २०६६/६७, र आर्थिक बर्ष २०६७/६८ मा धोषणा गरेको नगद लाभांशमध्ये क्रमश ३२ लाख ३३ हजार सात सय २१ रुपैँया ७० पैसा, ९४ लाख २२ हजार ७७ रुपैँया एक पैसा, र ८७ लाख ३३ हजार चार सय चार रुपैँया १२ पैसा रकम लगानीकर्ताले संकलन गर्न बाँकी रहेको बैंकले जनाएको छ ।

यसरी लामो समयसम्म आफ्नो रकम संकलन नगरेका सेयरधनीलाई नगद संकलन गर्न बैंकले सुचित गरेको हो । बैंकले एक महिना भित्र विक्रि प्रबन्धक सिभिल क्यापिटल लिमिटेड कमलादी वा बैंकमा सम्पर्क गरि आफ्नो नगद लिन आग्रह गरेको हो । सेयरधनीले आफ्नो नगद लाभांश बाँकी छ कि छैन भनेर बैंकको वेभसाईटमा गएर हेर्न सकिने बैंकले जनाएको छ ।

तत्कालिन नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक र बैंक अफ एशिया नेपाल लिमिटेड मिलेर एन.आई.सी. एशिया बैंक बनेको थियो । दुईवटैै संस्थाका केहि सेयरधनीहरुले नगद संकलन र बैंक अफ एशियाको आईपीओ नपरेको रकम समेत संकलन नगरेको लगानीकर्तालाई लाभांश संकलन गर्न बैंकले सचेत गराएको हो

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।