राष्ट्र बैंकले बजारमा पठाउन खोज्यो १० अर्ब, एउटा मात्रै बैंक लिन गयो जम्मा एक करोड

Feb 19, 2017 merolagani

बैंकहरुले लगानी योग्य रकम अर्थात तरलता नभएको भन्दै हाहाकार सिर्जना गरिरहेको बेला नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बजार पठाउन खोज्दा अनौठो घटना भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऋणपत्र सोझै खरिद गरेर दश अर्ब रुपैयाँ बजार पठाउन आइतबार बोलकबोल गरेकोमा एउटा मात्रै बैंकले जम्मा एक करोड मात्रै मागेर तरलता संकटको अवस्था नरहेको पुष्टि गरेको हो ।

राष्ट्र बैंक ऋणव्यवस्थापन विभागले ऋणपत्र फिर्ता गरेर दश अर्ब लैजाउँ भन्दा एक करोड मात्रै माग्ने बैंकको नाम भने खुलाउन चाहेन । बैंकहरुमा तरलता अभाव नभई कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी रेसियो असी प्रतिशत कायम गर्ने समस्या मात्रै रहेको यसबाट प्रष्ट भएको छ । राष्ट्र बैंकले यसअघि पनि पटक पटक अर्बौ रकम लैजान बैंकहरुलाई आह्वान गर्दा नगण्य मात्रामा आवेदन परेको थियो । 

राष्ट्र बैंकले यसरी बजारमा पठाउन खोजेको रकम लिदा आफुहरुको सीसीडी रेसियो सुधारमा सहयोग नपुग्ने भन्दै बैंकहरुले रकम लिन अस्विकार गर्दे आएका छन्। २८ वाणिज्य बैंकमध्ये १५ वटा बैंकको सीसीडी रेसियो ८० वा सो भन्दा बढी पुगिसकेको बुझिन्छ ।

राष्ट्र बैंक स्रोतले जनाए अनुसार बैंकहरुले आफुसँग भएको मुद्यती निक्षेप अरु बैंकले नतानुन् भन्दै मुद्यतीको ब्याजदर बढाउने प्रतिस्पर्धा गरेका हुन् । अन्तर बैंक ब्याजदर एक प्रतिशत भन्दा तल झर्नुले पनि बैंकहरुमा तरलता संकट नरहेको थप पुष्टि गर्छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले मुद्यती निक्षेपको ब्याज बढाएर कर्जाको ब्याज पनि बढाई आफ्नो आम्दानी बढाउने रणनीति लिएको देखिन्छ । उनीहरुको यस्तो रणनीतिले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि हुने आँकलन गर्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।