मिसन डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद प्रस्तावलाई बोर्डको स्वीकृति

Feb 19, 2017 merolagani

गत फागुन ३० गते साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएको मिसन डेभलपमेण्ट बैंकले आईतबार धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरेको छ । हकप्रद पारित गरेको १० महिना पछि मात्र बैंक हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो ।

१९ करोड ४९ लाख रुपैंया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद निष्काशन गर्नका लागि बैंक धितोपत्र बोर्डमा गएको हो । बैंकको सेयर विक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ ।  हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ९८ लाख रुपैँया पुग्नेछ । बैंकले २०७४ असार मसान्तसम्ममा केन्द्रिय बैंकले तोकेको पूँजी पुर्याउन अब ११ करोड दुई लाख रुपैँया थप गर्नुपर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा तीन करोड ६६ लाख रुपैयाँ खुद नाफा गरि प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६१ पैसा कायम गरेको छ । बैंकको जगेडा कोषमा १० करोड चालिस लाख रुपैँयाको सञ्चिति रहेको छ ।

निष्क्रीय कर्जा अनुपात भने शुन्य दशमलव ३७ प्रतिशतमा कायम गर्न बैंक सफल छ । हालसम्म पनि गत आर्थिक बर्षको साधारणसभाको मिति नतोकेको बैंकले आर्थिक बर्ष २०७१/ ७२ को कमाईबाट लगानीकर्तालाई १३ प्रतिशत बोनस प्रदान गरेको थियो । 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।