कालिका माईक्रोले ६५ प्रतिशत बोनस दिने, राष्ट्र बैंकले दियो सहमति

Feb 20, 2017 merolagani

कालिका माईक्रोक्रेडिट (KMCDB) ले गतबर्षहरुको कमाईबाट आफ्ना सेयरधनीलाई ६५ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार कालिका माइक्रोको प्रस्तावित लाभांसलाई राष्ट्र बैकले सहमति दिएको छ ।



कम्पनीले विगतका बर्षहरुमा गरेको खुद नाफाबाट आर्कषक लाभांस प्रस्ताव गरेको हो । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५५ रुपैँया ९८ पैसा कायम गरेको कम्पनीको चुक्ता पूँजी पाँच करोड छ भने जगेडा कोषमा साढे सात करोड रहेको छ ।

कम्पनीले राष्ट्रियस्तरको लघुवित्तमा विस्तारित हुन चुक्ता पूँजी बढाउन हकप्रद समेत ल्याउन सक्ने बुझिएको छ । बोनसपछि कम्पनीको पूँजी ८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको निष्क्रिय कर्जा अनुपात एक दशमलव ७० प्रतिशत छ भने पूँजीकोष पर्याप्तता २४.१८ प्रतिशत रहेको छ । प्रतिशेयर नेटवर्थ २५०.९२ रुपैँया, मूल्य आम्दानी अनुपात २९.४५ गुणा तथा तरलता अनुपात १३.४२ प्रतिशत कायम छ ।

बैंकले १० जिल्लामा २४ शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।