बरुण हाइड्रोको सञ्चालन नाफा एक करोड ९४ लाख पुग्यो

Feb 20, 2017 merolagani

बरुण हाइड्रोपावर कम्पनी (BARUN) ले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा ७० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनी एक करोड २६ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

समिक्षा अवधिमा बरुणले कम्पनीले विद्युत बिक्रीबाट दुई करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले सञ्चालन नाफा एक करोड ९४ लाख ६० हजार रुपैयाँ गरेको छ ।

गत बर्ष कम्पनी २५ हजार १९ लाख रुपैँया सञ्चालन घाटामा रहेको थियो । कम्पनीले बैंकमार्फत २५ करोड ९१ लख रुपैँया दिर्धकालिन कर्जा उपयोग गरेको छ ।

हाल बरुणको चुक्ता पूँजी २४ करोड ३० लाख रुपैयाँ रहेको छ । तर कम्पनीको जगेडाकोष भने तीन करोड ९५ लाख रुपैयाँले ऋणात्मक छ । गत बर्ष कम्पनीको जगडाकोष तीन करोड १८ लाख रुपैँया ऋणात्मक रहेको थियो ।

दोस्रो त्रैमासिक रिर्पोट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९१ पैसा छ भने प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ७४ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९७ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।