राष्ट्रिय बाणिज्य बैंकमा गाभिने प्रस्ताव पारित गर्न एनआईडिसीले बोलायो चैत ४ मा साधारणसभा

Feb 20, 2017 merolagani

एनआईडिसी डेभलपमेण्ट बैंक लिमिटेड (NIDC) ले ४९ औँ वार्षिक साधारण सभा चैत ४ मा गर्ने भएको छ । सभामा एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्न गाभिने प्रस्तावलाई पारित गर्ने प्रस्ताव लैजादैँछ ।

यसअघि नै माघ १४ गते बसेको मन्त्रीपरिषद बैंठकबाट गाभ्ने गाभिने सैद्धान्तिक सहमति पाईसकेको अवस्थामा बैंकको सभारणसभाले यस सम्बन्धि कार्य गर्न गराउन तथा यस सम्बन्धमा आईपर्ने सम्पुर्ण कार्य गर्न सभाले सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साथै बैंकको सञ्चालक समितिले साधारणसभा प्रयोजनका लागि फागुन २० गतेदेखि चैत ४ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।