हकप्रदमा सात हजार तीन सय ४८ जनाले आवेदन गरेका थिए । कम्पनीले सो संख्याबाट रितिपुर्वक प्राप्त गरेको आवेदकहरुलाई २० लाख ६६ हजार नौं सय २६ कित्ता फागुन ८ गते बाँडफाँड गरेको हो । बाँकी आठ लाख ८७ हजार चार सय ६३ कित्ता सेयर अब कम्पनीले बोलकबोलबाट बेच्नेछ । जसमध्ये साच लाख २० हजार तीन सय १८.८३ कित्ता साधारण र एक लाख ६७ हजार एक सय ४४.१७ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री हुने भएको हो ।
मंसिर २३ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिएका थिए । हाल फाइनान्सको ३६ करोड ९२ लाख रुपैया चुक्ता पुँजी रहेको छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आफ्नो कायम हकभन्दा बढि सेयर माग गरि आवेदन गर्ने आवेदकलाई फागुन १५ गतेदेखि आफुले हकप्रद बुझाएको संकलन केन्द्रबाट भुक्तानी पूर्जा संकलन गर्न सकिने जनाएको छ ।