नेशनल माइक्रोफाइनान्सले लगानीकर्तालाई यसरी बनायो जिल्ल

Feb 20, 2017 Merolagani

- यसरी बनायने झण्डै चुक्ता पूँजी बराबरको जगेडा कोष
केही समय अघि सर्वसाधारणमा सेयर जारी गरी सुचिकृत गराईसकेको नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल प्रस्ताव नगरी साधारण सभा बोलाएको छ । चालु आर्थिक वर्षको सुरुमा सर्वसाधारणमा सेयर निष्काशन गरेको माइक्रोफाइनान्सले लाभांस प्रस्ताव नगरी साधारण सभा बोलाए पछि लगानीर्ता जिल्ल परेका छन् ।

पछिल्ला दिनमा लघुवित्त कम्पनीको साधारण सेयरमा लगानीकर्ताको अधिक चाप पर्दै आएको छ । केही समय अघि नेशनल माइक्रोफाइनान्सले साधारण सेयर निष्काशन गर्दा पनि माइक्रोफाइनान्सको वित्तीय अवस्था हेरेर साधारण सेयर आवेदन गरेका लगानीकर्ता यस पटक लाभांस नपाई चित्त बुझाउनु पर्ने भएको छ ।

माइक्रोफाइनान्सले चैत चार गतेका लागि बोलाएको साधारण सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सानको वासलात तथा सञ्चालकको नियुक्ति, लेखा परिक्षकको नियुक्ति र सञ्चालकहरुको भत्ता वृद्धिका प्रस्तावहरु मात्र राखेको छ ।

साधारण सेयर परे पछि तत्कालै माइक्रोफाइनान्सबाट प्रतिफलको आश गरेकाहरुलाई भने माइक्रोफाइनान्सको साधारण सभाको सुचनाले निराश बनाइ दिएको छ । यद्यपी माइक्रोफाइनान्सले गरेको प्रगतिका आधारमा आगामी वर्षहरुमा भने राम्रो प्रतिफल दिन सक्ने आधार बनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नै चुक्ता पूँजीको झण्डै ३३ प्रतिशत खुद नाफा गरेको माइक्रोफाइनान्सको जगेडा कोषमा चुक्ता पूँजीभन्दा केही कम रकम सञ्चित भैसकेको छ । १० करोड चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले गत पुस मसान्तसम्ममा तीन करोड ७७ लाख ९७ हजार रुपैंया खुद नाफा गरी जगेडा कोषको आकार आठ करोड ५९ लाख ३१ हजार रुपैंयाको बनाएको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले सात करोड रुपैंया चुक्ता पूँजी हुँदा एक करोड ३८ लाख ५३ हजार रुपैंया खुद नाफा गरी दुई करोड ३४ लाख ८९ हजार रुपैंया जगेडा कोषमा सञ्चित गरेको थियो । उक्त समयमा प्रतिसेयर आम्दानी ३९ रुपैंया ५८ पैसा मात्र रहेको माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी यस पटक बढेर ७५ रुपैंया ५९ पैसा पुगेको छ । यसरी माइक्रोफाइनान्सले कमाईमा गरेको बढोत्तरीबाट लगानीकर्ताले आगामी दिनमा राम्रो प्रतिफल पाउन सक्ने आधार देखिन्छ ।

साधारण सेयर निष्काशन पछि नेपाल स्टक एक्सचेञ्जमा कारोबार सुरु भए पनि माइक्रोफाइनान्सको नियमित सेयर कारोबार हुन सकेको छैन । नेप्सेमा अन्तिम पटक माइक्रोफाइनान्सको प्रति कित्ता सेयर पाँच सय ६७ रुपैंयामा किनबेच भएको छ । यहि कारोबार रकमलाई आधार मानेर हेदाए माइक्रो फाइनान्सको मूल्य आम्दानी अनुपात सात दशमलव ५० गुणाले मात्र बढी हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।