मेगा बैंकले ल्यायो साधारण सभाको एजेण्डासँगै यस्तो विशेष योजना

Feb 21, 2017 Merolagani

टुरिजम डेभलपमेण्ट बैंकलाई आफुमा गाभ्ने सम्झौता गरेको मेगा बैंकले व्यापार तथा कारोबार बिस्तारको विशेष योजना सार्वजनिक गर्दै साधारण सभा बोलाएको छ । बैंकले जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने, मर्चेण्ट बैंक तथा सेयर दलाल लाईसेन्स लिने, स्वदेशी तथा विदेशी रणनितिक साझेदारी गर्ने लगायतका विशेष योजना सार्वजनिक गरेको हो ।

बैंकले चैत तीन गते छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै लगानीकर्तालाई १३ दशमलव २५ प्रतिशत बोनस र उक्त बोनस पछि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । आठ वटा विशेष प्रस्तावहरु मध्ये बैंकले चौथो प्रस्तावमा बैंकको कारोबारलाई व्यापक बनाउने गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गरिने उल्लेख गरेको छ ।

बैंकले विभिन्न विकल्पहरुको खोजी गरी जीवन वा निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । त्यसै गरी आस्बा प्रणाली अबलम्बन गर्ने, धितोपत्र दलाल सम्बन्धि कार्य गर्ने, केन्द्रीय निक्षेप सेवा (डिपी) सञ्चाल गर्ने, मर्चेण्ट बैंक सञ्चालन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएर प्रबन्ध पत्रमा व्यवस्थित गर्ने भएको हो ।

साधारण सभाको प्रस्तावमा बैंकले टुरिजम डेभलपमेण्ट बैंकको नाम उल्लेख नगरी मर्जर र एक्विजशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिन माग गरिएको छ भने विदेशी रणनितिक साझेदार पहिचान गरी भित्र्याउन समेत अख्तियारी मागिएको छ ।

यस अघि नै मर्जरमा जाने सम्झौता भए अनुसार मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको थियो । पश्चिामाञ्चल विकास बैंकलाई आफुमा गाभेर २५ प्रतिशत हकप्रद तथा १३ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव गरेको मेगाले फेरि ६५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । प्रस्तावित बोनस तथा ६५ प्रतिशत हकप्रद समेत निष्काशन भए पश्चात टुरिजमसँग मर्जर हुनु अघि मेगाको चुक्ता पूँजी सात अर्ब ५७ करोड रुपैंया पुग्नेछ ।

उता मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेण्ट बैंकलाई एक्वायर गरेको टुरिजमले मर्जर पछि १८ दशमलव छ प्रतिशत बोनस पछि शतप्रतिशत हकप्रद जारी गरेर मात्र मर्जर अघि बढाउने छ । यस्तो गर्दा टुरिजमको मेगासँग मर्जरमा जानु अघि चुक्ता पूँजी दुई अर्ब १८ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

सबै प्रकृया सकेर मर्जर पछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी नौ अर्ब रुपैंया नाघ्ने छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।