हिमालयन बैंक र नागबेली लघुत्तिको कति कित्ता सेयर आउने भयो लिलामीमा ?

Feb 21, 2017 merolagani

हिमालयन बैंक लिमिटेड (HBL) को एक लाख ४५ हजार पाँच सय ८० कित्ता तथा  नागबेली लघुवित्त कम्पनी (NBBL) को २० हजार चार सय ७२ कित्ता सेयर लिलाम हुने भएको छ । हकप्रद निष्काशनका दौरान सबै सेयरमा आवेदन नपरे पछि दुई संस्थाले उक्त परिमाणको सेयर लिलाम हुन लागेको हो ।

हिमालयनले सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । कात्तिक २६ देखि मंसिर ३० सम्म निष्काशित बैंकको हकप्रदमा ११ हजार सात सय आवेदकले निवेदन दिएका थिए । बैंकले माघ दुई गते नियमानुसार ६२ लाख ८१ हजार ७७० कित्ता सेयर आवेदकलाई बाँडफाँड गरिसकेको छ भने बाँकी सेयर बोलकबोलबाट बैंकले बिक्री गर्ने भएको हो । 

उता लघुवित्त कम्पनी नागबेलीको पनि २० हजार चार सय ७२ कित्ता सेयर लिलामीमा आउनेको भएको छ । कम्पनीले कुल एक लाख २५ हजार कित्ता हकप्रद मंसिर २० गतेदेखि माघ १० गतेसम्म निष्काशन खुला गरेको थियो । जसमध्ये कम्पनीले तीन हजार सात सय ८० आवेदकलाई फागुन आठ गते एक लाख चार हजार पाँच सय २८ कित्ता बाँडफाँड गरेको छ । बाँकी २० हजार चार सय ७२ कित्ता भने बोलकबोलबाट बिक्री गर्नेछ । दुबै बैंक तथा वित्तिय संस्थाले मंगलबारसम्म लिलामीको मिति भने तोकिसकेका छैनन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।