सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने ६ वटा बैंकलाई कारबाही गरिने

Feb 21, 2017 merolagani

नेपाल राष्ट्र बैंकले कर्जा पूँजी निक्षेप अनुपात सीसीडी रेसियो ८० प्रतिशत नघाउने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षा सार्वजनिक गर्दे यस्तो बताएको हो ।

निक्षेप संकलनको तुलनामा कर्जा लगानी बिस्तार आक्रामक रुपमा गरेपछि अघिकांश बैंकहरुको यस्तो रेसियो ८० प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकले कस्तो कारबाही गर्ने बारेमा भने प्रष्ट पारेन ।

राष्ट्र बैंक ऐनअनुसार ८० प्रतिशत सीसीडी रेसियो पालना नगर्ने बैंक तथा वित्तीय संस्थालाई ती बैंकले लिँदै आएको अधिकतम ब्याजका दरले जरिवाना असुल गर्न सक्ने अधिकार छ ।

राष्ट्र बैंकका अनुसार विभिन्न ६ वटा बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत नाघेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांस वाणिज्य बैंकहरुको यस्तो रेसियो ७८ देखि ८० प्रतिशतसम्म रहेको छ । 

बैंक तथा वित्तीय संस्थाले यस्तो अनुपात बढीमा ८० प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसको अर्थ बैंकले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा बढीमा ८० रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँछ । बाँकी २० रुपैयाँ नगद वा तत्काल नगदमा परिवर्तन हुने उपकरणमा राख्नुपर्छ ।

 बैंक तथा वित्तीय संस्थाले निक्षेप बढाएर, राष्ट्र बैंकबाट पुनर्कर्जा लिएर, ऋण असुलीलगायत काम गरी सीसीडी रेसियोमा कमी ल्याउन सक्छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।