दोष हाम्रो पनि हो, आत्मालोचना गर्छौः अनिलकेशरी शाह, अध्यक्ष, बैंकर्स संघ

Feb 21, 2017 Merolagani

बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले बैंकहरुले कर्जा र निक्षेपमा सन्तुलन गर्न नसकेका कारण अहिलेको समस्या आएको स्वीकार गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा कार्यक्रमपछि   अध्यक्ष शाहले बजेट खर्च नभएका कारण वित्तीय कृयाकलापमा संकुचन आउँदा बैंकहरुले कर्जा तथा निक्षेप सन्तुलन गराउन नसकेको भन्दै आत्मालोचना जरुरी रहेको बताएका हुन् ।

मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थामा अहिले देखिएको समस्याको जड बैंकहरुबाट सुरु भएको बताएका थिए । सोही सन्दर्भमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले बैंकहरुले निक्षेपको अनुपातमा अधिक कर्जा प्रवाह गरेका कारण समस्या आएको स्वीकार गरेका हुन् ।

 

‘हामीले किन लेण्डिंग बढायौं भन्ने कुरा महत्वपुर्ण छ । आत्मलोचना गरेर अब बढाउँदैनौ भनेका छौं । तर नेपाल सरकारले ल्याएको बजेट खर्च नभएका कारण यो समस्या आएको हो । यदि बजेट खर्च भएको भए यो अवस्था आउने थिएन -’ शाहले भने ।

उनले थपे - ‘बजेट कार्यान्वयन हुँदैन भनेर बैंकले सोही अनुसार काम गरेको भए यस्तो हुने थिएन होला, तर त्यो हाम्रो नैतिकताले दिँदैन थियो । जसले समस्या आयो, अब जसरी कर्जा प्रवाह भएको थियो, त्यसरी नै निक्षेप उठ्छ ।’ बजेट खर्चको क्रम सुरु हुँदै गर्दा अहिलेको अवस्था सामान्य बन्दै जाने उनको तर्क थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।