राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ फागुन भित्रै बैकहरुलाई सित्तैमा दिने

Feb 21, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले हाल बैंक तथा बित्तीय संस्थाहरुमा देखिएको लगानीयोग्य रकमको अभाव समाधान गर्न यही फागुन महिना भित्रै ४५ अर्ब रुपैयाँ सुन्य ब्याजदरमा पठाउने भएको छ ।

 

चालु आर्थिक बर्षको मौद्रिक नीतिको समीक्षा बक्तब्य पढ्दै गभर्नर डा. चिरन्जिवि नेपालले २०७३ असारमा जारी गरिएका भुक्तानी हुन बाँकी ४५ अर्ब ३० करोड बराबरका नेपाल राष्ट्र बैंक ऋणपत्रहरु सुन्य ब्याजदरमा सोझै खरिद गरेर बैकहरुमा रकम पठाईने घोषणा गर्नुभयो ।

उहाँले फागुन महिना भित्र पटक पटक गरेर बैंक तथा बित्तीय संस्थाहरुलाई आफुसँग भएको ऋणपत्र बिक्री गर्न आब्हान गरिने बताउनु भयो ।

यस अघि ऋणपत्रहरु फिर्ता गरेर रकम लैजान राष्ट्र बैंकले पटक पटक आब्हान गर्दा पनि बैंकहरु नगएको बारेमा भने उहाँले केही बताउनु भएन । तर तरलताको अबस्था हेरी रिपो, रिभर्स रिपो सोझै खरिद बिक्री जस्ता खुदा बजार कारोबारलाई जारी राखिने, बिद्यमान बैंकदर, अनिबार्य नगद मौज्दात, बैधानिकता तरलता अनुपात र पुनर्कर्जा यतावत राखिएको उल्लेख गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।