सुन आयातमा राष्ट्र बैंकको नयाँ सीमा

Feb 21, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले सुन आयातको अहिलेको व्यवस्थालाई परिमार्जन गरेको छ । अहिले दैनिक १५ किलो सुन आयात भैरहेकोमा राष्ट्र बैंकले त्यसको कोटा बढाएको हो । मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट बैंकले दैनिक आयात हुने सुनको मात्रा बढाएको हो ।

अहिले दैनिक १५ किलो सुन आयात हुँदै आएकोमा फागुन महिना भरी दैनिक २५ किलो सुन आयात गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अब २० दिनसम्म दैनिक २५ किलो सुन नेपाल भित्रिने छ । फागुन महिना पछि भने दैनिक २० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘सुन आयात सम्बन्धी व्यवस्थालाई थप सहज तथा प्रभावकारी बनाउन “सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८” मा संशोधन गरी १०० ग्राम, २०० ग्राम, ५०० ग्राम तथा १ किलोग्राम परिमाणका सुन आयात गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । त्यसैगरी, दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने सीमामा वृद्धि गरी २०७३ फागुन मसान्तसम्म दैनिक २५ किलोग्रामसम्म र तत्पश्चात्दैनिक २० किलोग्रामसम्म आयात गर्न सकिने व्यवस्था मिलाइएको छ ।’

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।