चुनाव घोषणाको भोलिपल्ट सेयर बजारले दियो बेग्लै प्रतिक्रिया

Feb 21, 2017 Merolagani

स्थानीय चुनाव घोषणा भएको भोलिपल्ट र राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको दिन सेयर बजारले भने बेग्लै प्रतिक्रिया जनाएको छ ।

अघिल्लो दिन स्थानीय तहको निर्वाचन घोषणा हुने कुराले लगानीकर्ताहरुलाई केही आशाबादी बनाए पनि मधेशी मोर्चाको आन्दोलन घोषणाका कारण लगानीकर्ताको मनोबल बलियो बन्न नसकेको देखिन्छ । नेप्सेमा कारोबार चल्दाचल्दै राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अद्र्धबार्षिक समीक्षाले पनि लगानीकर्तामा हौसला बढाउन सकेन भन्ने देखिन्छ ।

मंगलबार नेप्से खुल्नेबित्तिकै २०.४० अंकले बढेको बजार अन्तिम समयमा आएर ७.५४ अंकले घटेर बन्द भएको छ । यस दिन १३७ कम्पनीका कम्पनीको १० लाख ९३ हजार १९८ कित्ता सेयर किनबेचबाट झण्डै ६० करोड मूल्य बराबरको सेयर किनबेच भएको छ ।
सुरुमा बढेको बजार अन्त्यमा साढे सात अंकले घटेकोमा कारोबार रकम समेत अघिल्लो दिनको भन्दा झण्डै २२ करोडले कमी आएको छ । १३६५.११ अंकमा खुलेको बजार मंगलबार २०.४० अंकले बढेर १३८५.५१ बिन्दुमा पुगेको थियो तर विस्तारै बजार झर्न थालेपछि १३४६.६८ अंकसम्म झरेर पुन १३५७.५७ अंकमा बढेर बन्द भयो ।

यसदिन सेती फाईानाईका लगानीकर्ताले सबैभन्दा बढि अर्थात झण्डै दश प्रतिशतले गुमाएका छन् । प्राईम लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, वेष्टन डेभलपमेन्ट, मिसन डेभलपमेन्ट, पुर्णिमा विकास बैंकका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरे गुमाउनेमा परे ।

आइएलएफसीओ माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतका दरले बढेको छ । यस्तै एक्सेल डेभलपमेन्टको छ प्रतिशतले बढ्यो भने महिला सहयात्रा, सिर्जना फाईनाइन्सको सेयरमूल्य तीन प्रतिशतभन्दा बढिले बढेको छ । एसबिआई बैंक, लक्ष्मी लघुवित्त, युनाईटेड ईन्स्योरेन्स, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्कीम १, अपि पावर, र जनउत्थान सामुदायिक लघुवित्त कम्पनीका लगानीकर्ता कमाउने दश कम्पनीमा समेटिए ।
यसदिन बैंक अफ काठमाण्डु लुम्बिनीको सबैभन्दा बढी दुई करोड ३७ लाख बढीको सेयर किनबेच भयो । यस्तै नबिल बैंकको संस्थापक सेयर पनि दुई करोड १६ लाख बराबरको कारोबार भयो । प्रभू बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बंगालादेश बैंक, प्राईम लाईफ इन्स्योरेन्स, नेशनल लाईफ,नेपाल टेलिकम, शिखर र सिद्धार्थ इन्स्योरेन्स रकमका आधारमा कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

अघिल्लो साता १२ सय अंक नजिक पुगेको नेप्से गत साता र यो साताको पहिलो दिनमा आएको उच्च सुधारले १३७० अंकमा पुगिसकेको थियो । एक साताको आसपासमा डेढ सय अंक माथि उक्लेको बजारमा नाफा सुरक्षित गर्नेहरु सेयर बिक्री गर्न सक्रिय भएपछि सोमबार ८२ करोड कारोबार भएपनि नेप्से ४.२४ अंकले घटेको थियो ।

बजार पूँजीकरण १५ खर्ब २९ अर्ब रुपैँयामा समेटिएको छ । सोमबार बजार पूँजीकरण १५ खर्ब ३८ अर्ब रहेको थियो । मंगलबार सेयरबजारको लगानीकर्ताले नौं अर्ब रुपैँया गुमाएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।