समस्याग्रस्त वित्तीय संस्थालाई राष्ट्र बैंकले के गर्दैछ ?

Feb 21, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाहरुलाई सुध्रिने अवसर दिंदै रिजोलुशन प्रकृया अघि बढाएको छ । राष्ट्र बैंकका अनुसार १६ संस्था समस्याग्रस्तको सूचीमा रहेकोमा अहिले त्यो संख्या नौ मा झरेको छ । अरुण तथा जनरल फाइनान्स समस्यामुक्त घोषणा भैसकेका छन् भने बाँकी संस्था पनि सुधारको क्रममा छन् ।

राष्ट्र बैंकका अनुसार समस्याग्रस्त घोषणा गरेको १६ वटा बैंक तथा वित्तीय संस्थाहरुको रिजोलुशन कार्य अगाडि बढाएकोमा यस्ता संस्थाहरुको संख्या नौ मा झरेको हो । रिजोलुशन कार्य अगाडि बढाइएका ७ वटा मध्ये अरुण फाइनान्स लिमिटेड र जनरल फाइनान्स लिमिटेड समस्याग्रस्तबाट मुक्त भई नियमित रुपमा वित्तीय कारोबार गरिरहेका छन् ।

समस्याग्रस्त नौ वटा मध्ये चार वटा संस्थाहरुको शेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेका छन् । शेयर स्वामित्व हस्तान्तरण पछि राष्ट्र बैंकले तोकेका मापदण्डहरु पूरा गरेका अवस्थामा यी चारवटा संस्थाहरु पनि समस्याग्रस्तबाट मुक्त भई नियमित रुपमा कारोबार गर्न सक्नेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।