नेपाल लाइफ र फरवार्ड कम्युनिटीको सेयर कहिले होला बाँडफाँड ?

Feb 22, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को एफपीओ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FCMBSL) को आइपीओ फागुन १३ गते बाँडफाँड नहुने भएको छ । नेपाल लाइफको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टले फागुन १३ गतेसम्म बाँडफाँट गर्न नसक्ने जनाएका छन् ।

धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर बाँडफाँट फागुन १३ भित्र गर्न सम्बन्धित कम्पनीका बिक्री प्रबन्धकलाई निर्देशन दिएको थियो । सिद्धार्थ र नबिलले फागुन १३ सम्म बाँडफाँड गर्न नसक्ने जनाएपछि धितोपत्र बोर्डले अर्को पत्र लेख्दै २२ गतेसम्मको समय दिएपछि सेयर बाँडफाँडमा ढिलाई भएको हो । 

सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले धितोपत्र बोर्डबाट फागुन २२ गतेसम्म एफपीओ बाँडफाँट गरिसक्न अर्को पत्र प्राप्त भएको जानकारी दिए । 'बोर्डले २२ गतेसम्मको समय दिएपनि हामी सकेसम्म २२ गतेभन्दा अगाडि नै बाँडफाँट गर्ने तयारीमा छौ, तिमिल्सिनाले भने ।

यता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टले पनि २० गते भित्रै बाँडफाँट गर्नेगरी काम गरिरहेको जानकारी दिएको छ ।

नेपाल लाइफले हालैमात्र १४ सय २५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री गरेको छ । यो एफपीओमा करिब ५२ अर्ब रूपैयाँ आवेदन परेको थियो । फरवार्डले ६ लाख कित्ता साधारणसेयर जारी गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।