चैत २१ गते कर्णालीले किन बोलायो विशेष साधारणसभा ?

Feb 22, 2017 merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने ध्येयका साथ कर्णाली विकास बैंक लिमिटेड (KRBL) ले चैत २१ गते शनिबार फेरी विशेष साधारणसभा बोलाएको छ । बैंकले मर्जर वा अन्य विकल्पतिर नलागि हकप्रदबाटै चुक्ता पूँजी पुर्याउने उदेश्यका साथ विशेष साधारणसभा डाकेको हो ।

यसअघि बैंकले गत माघ १५ गते विशेष साधारणसभा बोलाएकोमा गणपुरक संख्या नपुगि स्थगित भएको थियो । माघ १७ गते बसेको बैंकको २८५ औं सञ्चालक समितिको बैठकले चैत २१ मा पुन विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । पुस २७ गतेसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले साधारणसभामा भाग लिन पाउनेछन् । 

नेपालगञ्जमा प्रधान कार्यालय रहेको बैंकले दुई सय पच्चिस प्रतिशत हकप्रद अर्थात एक कित्ता बराबर दुई दशमलव २५ कित्ता हकप्रद जारी गर्न लागेको हो । हाल बैंकसँग १५ करोड १० लाख रुपैँयाको चुक्ता पूँजी रहेको छ हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४९ करोड सात लाख पुग्नेछ । बाँकी ९२ लाख रुपैँया बैंकले बोनसबाट चुक्ता पूँजीमा थप गर्नेछ ।

र्बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३६ लाख ७३ हजार खुद नाफा कमाएको छ । बैंकले आर्थिक बर्ष २०७१/७२ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर तथा गत जेठ २ गतेदेखि असार ३० गतेसम्म पचास प्रतिशत हकप्रद बेचेको थियो ।

राष्ट्र बैंकले एक देखि तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको चुक्ता पूँजी २०७४ असार मसान्तसम्म ५० करोड पुर्याउन निर्देशन गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।