चैतको पहिलो साता चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने,यस्ता छन एजेण्डा

Feb 23, 2017 merolagani

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन २०७३ आगामी चैतको पहिलो साता आयोजना हुने भएको छ । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलन चैत २ देखि ४ गते सम्म चल्ने छ ।



सम्मेलनमा लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समीक्षा, लघुवित्त संस्थाका चुनौती, लघुवित्त सेवाका क्षेत्रहरुमा आधुनिक प्रविधिको प्रयोग, संस्थागत विकास लगायतका महत्वपूर्ण विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने आयोजक सेन्टर फर माइक्रोफाइनान्स नेपालले जानकारी दिएको छ ।

सम्मेलनमा लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौतिहरुमा नियामक र सेवा प्रदायकको वीचमा प्रभावकारी र अग्रगामी सेवा पुर्याउन साझा बुझाईको विकास तथा समाधान लागि विभिन्न दृष्टिकोण तथा सुझावबारे छलफल हुने छ ।

लघुवित्तको क्षेत्रमा नियामक निकायबाट घोषित नीति, तथा यसले पारेका प्रभावहरुको समिक्षात्मक मूल्यांकन गरिने छ । त्यसैगरी लघुवित्तको आगामी लक्ष्य तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तनका निम्ति सुझाव प्रतिवद्धताहरुको घोषणा समेत सम्मेलनबाट गरिने छ ।

सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंकरवित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८ सय प्रतिनिधिको सहभागीता हुने अपेक्षा आयोजकको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।