बीओकेएल र टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 23, 2017 merolagani

बैंक अफ काठमाण्डु लुम्बिनी (BOKL) र नेपाल दुरसंचार कम्पनी (NTC) ले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बिओकेएलले २३ प्रतिशत बोनस तथा एनटीसीले ५१ प्रतिशत नगद लाभांस घोषणा गरेका छन् । टेलिकमले फागुन ३० गते तथा बीओकेएलले चैत्र ३ गतेका लागि साधारणसभा बोलाएका छन् ।



साधारणसभा प्रयोजनका दुवै कम्पनीको फागुन १५ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । यी दुई कम्पनीले प्रस्ताव गरेको लाभांस लिन ईच्छुक लगानीकर्ताले विहीबारसम्म (आज ) सेयर खरिद गरीसक्नुपर्नेछ ।

बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक गाभिएर बनेको बैंक अफ काठमाण्डु लुम्बिनीले आगामी चैत्र ३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट २३ प्रतिशत बोनस पारित गर्नेछ ।

साथै बैंकको नाम परिवर्तन गर्ने, संस्थापकहरुको हिस्सा ४४ प्रतिशतबाट ५१ प्रतिशत बनाउन थप ६२ लाख आठ हजार १३२ कित्ता संस्थापक सेयरहरु प्रिमियम मूल्यमा जारी गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्देछ । साथै उसले संस्थापक ४ र सर्बसाधारणका तर्फबाट ४ संचालकहरुको निर्वाचन गर्ने भएको छ ।

पाँच अर्ब ६२ करोडचुक्ता पूँजी रहेको बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ६० करोड खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्नका लागि पनि आजै कम्पनीको सेयर खरिद गरिसक्नुपर्नेछ । कम्पनीले गतबर्षको कमाईबाट चुक्ता पुँजीको ५१ प्रतिशत नगद लाभांस बाड्ने भएको छ ।
कम्पनीले यहि फागुन ३० गते नवौ बार्षिक साधारणसभा राखेको छ ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात अर्ब ९१ करोड ८६ लाख ५९ हजार ६०६ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १०५ रुपैयाँ ५८ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ भने ६२५ रपैयाँ ४५ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।