नेपाल स्टक एक्सचेञ्जका अनुसार नयाँ नेपाल लघुवित्तले ९८ हजार कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गरेको हो । उता प्रोग्रेसिभ फाइनान्सले पनि एक लाख ८९ हजार कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गरेको हो ।
नयाँ नेपाल लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले नेपाल स्टक एक्सचेञ्जमा आएको सूचना गलत भएको भन्दै लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर मात्र साधारणमा रुपान्तरण गरिएको बताएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा आएको सूचनामा भने लघुवित्तको ९८ हजार कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको उल्लेख छ । तर क्यापिटलले ३८ हजार कित्ता मात्र रुपान्तरण भएको भन्दे सोही अनुसार सेयर व्यवस्थापनको काम भैरहेको प्रष्ट पारेको हो ।