हकप्रदको स्वीकृति माग्दै एभरेष्ट बैंक पुग्यो धितोपत्र बोर्ड

Feb 23, 2017 Merolagani

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बम्पर बोनस बितरण गरेको एभरेष्ट बैंक (EBL) तीन बराबर एक अनुपातमा हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । धितोपत्र बोर्डका अनुसार बुधबार बैंकले हकप्रद निष्काशन गरि पाउँ भनी आवेदन दिएको हो ।

गत आर्थिक वर्षको कमाईबाट ७० प्रतिशत बोनस बितरण गरी चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंया पुर्याएको बैंकले पूँजी वृद्धिका लागि हकप्रद निष्काशन गर्न लागेको हो । हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब १५ करोड रुपैंया पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि बैंकले थप डेढ अर्ब रुपैंया बराबरको बोनस बितरण वा अरु कुनै सानो संस्थालाई किनेर पूँजी बढाउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा चार अर्ब ८७ करोड रुपैंयाभन्दा बढी रकम सञ्चित भएकाले बैंकले बोनस बितरणबाट नै पूँजी आठ अर्ब पुर्याउन सक्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ रुपैंया १३ पैसा रहेको प्रतिसे्यर आम्दानी भने ७० प्रतिशत बोनस बितरण पश्चात दोस्रो त्रैमासमा आईपुग्दा ४२ रुपैंयामा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा पनि बैंकको प्रतिसेयर आम्दानी ५७ रुपैंया ४८ पैसा थियो । बैंकले पुस मसान्तसम्ममा ९७ करोड रुपैंया खुद नाफा कमाएको थियो ।

                     ७० प्रतिशत बोनस बाँडेको एभरेष्ट बेंकको के भयो प्रगति ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।