साताको अन्तिम कारोबारमा पनि झर्यो सेयरबजार

Feb 23, 2017 merolagani

साताको अन्तिम दिनको सेयरबजारमा पनि गिरावट आएको छ । कारोबारमा आएका होटल र उत्पादन बाहेकका सबै समूह झरेपछि नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको हो ।

विहीबार नेप्से परिसूचक ६.६५ अंकले घटेर १३३७.४६ अंकमा झरेको छ । १३० कम्पनीको कारोबार भएको बजारमा ३० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम चार करोडले घटेको छ ।

यसदिन वीमा समुह सवैभन्दा धेरै ३५ अंकले झरेको छ । वाणिज्य बैंक समुह ९ ९ दशमलव २५ अंकले ओरालो लाग्दा विकास बैंक, उत्पादन, फाइनान्स र जलविद्युत पनि ओरालो लागेका छन । यसदिन होटल र अन्य समुह भने सकारात्मक रहे ।

बिहीवार बैंक अफ काठमाडौं लुम्विनी लिमिटेडको सवैभन्दा बढी ४ करोड ६४ लाखको कारोवार भएको छ । २३ प्रतिशत बोनस सुरक्षित गर्नतर्फ लगानीकर्ता लागेपछि यो बैंकको कारोबार उच्च भएको हो ।

सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तिय संस्था र फष्ट माइक्रोफाइनान्स डेभलपमेन्टका लगानीकर्ताले सात प्रतिशत बढि कमाएका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।