सिटिजन्स बैंक र प्रभु इन्स्योरेन्सले पनि पाए हकप्रद जारी गर्ने अनुमति

Feb 23, 2017 merolagani

सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड (CZBIL)  र प्रभु इन्स्योरेन्स (PRIN) ले पनि हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सिटिजन्स बैंकले २५ प्रतिशत तथा प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेका थिए ।



सिटिजन्स बैंकले दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्था एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा हकप्रद निष्काशन गरिसक्ने बैंकको योजना छ ।

हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने बैंकको बैंकले गतबर्ष ५५ प्रतिशत हकप्रद बिक्री र ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।

बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।

 

प्रभु ईन्स्योरेन्सले पनि पायो अनुमति

प्रभु इन्स्योरेन्सले पनि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको छ । कम्पनीको २१ औ साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीले बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । जसअनुसार कम्पनीले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको बोनस बितरण पश्चात चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुगेको छ । हकप्रद निष्काशन गर्दा कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैंया पुग्नेछ ।

केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु बट बीमा सेवा दिंदै आएको कम्पनीले आगामी दिनमा अरु शाखा बिस्तार गर्दै जाने लक्ष्य लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।