आगामी आइतबारदेखि सरकारी भुक्तानी अनलाइनमार्फत,पहिलो चरणमा सिंहदरबारभित्र

Feb 23, 2017 RSS

सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार फागुन (१५ गते) देखि अनलाइनमार्फत गरिने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई पहिलो चरणमा रु २५ हजारभन्दा माथिको भुक्तानी अनलाइनमार्फत उपलब्ध गराइने जनाएको छ ।

हाल कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेक जारी गरी कार्यालयमा पठाइन्छ । कार्यालयले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ । बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिनेछन् ।

अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी दिए

। अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ । अनलाइनमार्फत भुक्तानी व्यवस्था भएसँगै भुक्तानी पाउन छिटो र सरल हुने उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिए ।

हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । अनलाइनमार्फत एक दिनमै भुक्तानी हुने, जनशक्तिको खपत हुने र चेक हराउने तथा च्यातिने समस्या नआउने महालेखाको दाबी छ ।

महालेखाका प्रवक्ता भण्डारीका अनुसार डिजिटल हस्ताक्षर अनिवार्य नभइसकेको अवस्थामा पूर्णरुपमा अनलाइन भुक्तानी दिन सकिँदैन । पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ । रासस

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।