लघुवित्त कार्यक्रमलाई प्रभावकारी बनाउन ग्रामिण विकास बैंकको अवलोकन भ्रमण

Feb 23, 2017 merolagani

नेपाल ग्रामीण विकास वैंक (NGBBL) ले आफ्ना कर्मचारी तथा सदस्यहरुलाई बैकका सदस्यहरुलेनै संचालन गरेका विभिन्न लघुवित्त कार्यक्रम तथा परियोजनाहरुको अवलोकन भ्रमण गराएको छ । आफ्ना  समूह सदस्यहरुसंगको सम्बन्धलाई दिगो, विश्वासिलो वनाई उनीहरुको क्षमता अभिवृद्धि गर्न अवालोकन भ्रमण गराएको बैंकले जनाएको छ ।


बैंकले क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका विभिन्न ईलाका/शाखा कार्यालयहरुमा आवद्ध केन्द्र प्रमुख/उप–प्रमुख तथा सदस्यहरुको अवलोकन भ्रमण गराएको हो ।

भ्रमण टोलिले बैंकको प्रधान कार्यालय बुटवल र क्षेत्रीय कार्यालय बुटवल अन्तर्गत ईलाका कार्यालय शंकरनगर तथा ईलाका कार्यालय पाल्पा अन्तर्गत सञ्चालित विभिन्न केन्द्र बैठक तथा समुह सदस्यहरुले संचालन गरेका विभिन्न परियोजनाहरुको अवलोकन गरेको थिए ।

अवलोकन भ्रमणमा क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका विभिन्न ३६ जना केन्द्र प्रमुख/उप–प्रमुख र सदस्यहरुकोे सहभागिता रहेको थियो ।

यसै गरी बैंकले माघ १० गते देखि १३ गतेसम्म क्षेत्रीय कार्यालय बुटवल अन्तर्गतका बिभिन्न ईलाका÷शाखा कार्यालयमा आवद्ध ३६ जना केन्द्र प्रमुख/उप–प्रमुख तथा सदस्यहरुलाई क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गत सञ्चालित विभिन्न ईलाका/शाखा कार्यालय र यस क्षेत्रका प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर समेतको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो ।

लघुवित्त कार्यक्रमको अवलोकन भ्रमणबाट सदस्यहरुमा उत्प्रेरणा र सकारात्मक प्रभाव पर्ने हु“दा आगामी दिनमा बैंकले अन्य क्षेत्रीय कार्यालयहरुमा समेत सदस्यहरुका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने योजना राखेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।