देवले हकप्रद भर्ने समय १२ दिन थप्यो

Feb 23, 2017 Merolagani

देव विकास बैङ्क (DBBL) ले हकप्रद भर्ने म्याद १२ दिन थप गरेको छ । अब बैंकको हकप्रदमा सेयरधनीले फागुन २७ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि बैंकले माघ ९ गतेदेखि फागुन १५ गतेसम्म हकप्रद सेयर निष्कासन तथा विक्री खुला गरेको थियो ।

बैंकले पचास प्रतिशत अर्थात दुई कित्ता हुनेले एक कित्ताको दरले पाउने गरि ४४ लाख ५ हजार ४ सय ४० दशमलव ३९ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्रि प्रवन्धक एनआइबीएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयरधनीले क्यापिटलको कार्यालयका साथै देव विकास बैंकको सम्पुर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर र वीरगन्ज शाखा र गुडविल फाइनान्सको नेपालगन्ज र इटहरी शाखाबाट समेत आवेदन दिन सक्ने छन् ।

हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात देवको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । गतबर्षको कमाईबाट बाँडेको १४ प्रतिशत बोनस समेत गर्दा बैंकको पूँजी करिब एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको पुष मसान्तसम्मा १४ करोड तीन लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । साथै बैंकले खराब कर्जालाई घटाएर एक दशमलव ७० प्रतिशतमा झारेको छ । यसअवधिमा बैंकले ९ अर्ब रुपैंया निक्षेप संकलन गरेर ८ अर्ब कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।