हकप्रदको स्वीकृति माग्दै सहयोगि र हाम्रो विकास बैंक पनि धितोपत्र बोर्ड पुगे

Feb 23, 2017 merolagani

सहयोगि विकास बैंक (SBBLJ)ले चुक्ता पूँजीको ३५ प्रतिशत तथा हाम्रो विकास बैंक (HAMRO)ले चुक्ता पूँजीको दुई सय प्रतिशत हकप्रदको अनुमति माग्दै बुधबार धितोपत्र बोर्ड पुगेका छन् । यस अघि एभरेष्ट बैंक पनि हकप्रदको अनमति माग्दै बुधबार र्नै धितोपत्र बोर्ड पुगेको थियो ।

जनकपुरमा मुख्य कार्यालय रहेको सहयोगी विकास बैंकले १० कित्ता बराबर तिन दशमलव पाँच कित्ताका दरले ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो ।

बैंकको चुक्ता पूँजी ३१ करोड ४६ लाख रुपैँया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४२ करोड ४७ लाख रुपैँया पुग्नेछ । बैंकलाई राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अब सात करोड ५३ लाख रुपैँया कम हुनेछ । यसलाई बैंकले बोनस वा मर्जरबाट पुरा गर्नेछ ।

बैंकले गत बर्षको कमाईबाट सेयरधनीलाई २२ प्रतिशत बोनस वितरण गरेको छ । आर्थिक बर्षको छ महिना अवधिमा बैंकले पाँच करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएपछि प्रतिसेयर आम्दानी ३५ रुपैँया ९८ पैसा पुगेको छ ।

उता हाम्रो विकास बैंकले पनि धितोपत्र बोर्डसँग दुई सय प्रतिशत हकप्रद जारी गर्न स्वीकृति मागेको हो । बैंक १० कित्ता बराबर २० कित्ताका दरले ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद निष्काशनको अनुमति माग्न बोर्ड पुगेको हो ।

१५ करोड २९ लाख रुपैँया चुक्ता पूँजी रहेको बैंकको हकप्रद पश्चात चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैँया पुग्नेछ । बैंकलाई राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अब चार करोड १३ लाख रुपैँया कम हुनेछ । यसलाई बैंकले बोनस जारी गरेर पुरा गर्ने साधारणसभाबाट निर्णय गरेको छ ।

गत बर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस प्रदान गरेको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा दुई करोड १५ लाख रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैँया १३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।