पोखरा सराङकोट केबलकार निमार्णका लागि लगानी जुट्यो,स्थानीयलाई दश प्रतिशत सेयर

Feb 24, 2017 merolagani

सनराईज र राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड लगानी गर्ने
कास्कीको सराङकोटमा निमार्ण हुन लागेको अन्नपूर्ण केवलकार परियोजनाको लागि लगानी जुटेको छ । सनराईज बैंक लिमिटेड (SRBL) को अगुवाइमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले उक्त परियोजनामा ६६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हन् । विहिवार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भयो।



कुल लागत ८९ करोड ६० लाख अनुमान गरिएको अन्नपूर्ण केवलकारमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने छन्। उक्त केलबरकारमा नेपाली व्यवसायी समूहको ७५, जापानी समूहको १५ प्रतिशत तथा स्थानीयबासीको १० प्रतिशत सेयर लगानी रहनेछ ।

दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपुर्ण केवल कार प्रा. लि. ले निमार्ण गर्न लागेको हो । कास्कीको सराङकोटमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ।

जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारका १३ वटा टावर तथा १६ देखि ३६ डिब्बा रहनेछन् । पहिलो चरणमा ८ जना यात्रु बस्न सक्ने १७ वटा डब्बा संचालनमा आउनेछ । यात्रुको संख्या बढ्दै जादा आवश्यकता अनुसार डब्बा थप गर्दे लाने कम्पनीको योजना छ । 

७ देखि ९ मिनेटसम्मको केबलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने निमार्ण कम्पनीको विश्वास छ । केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ ।

केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ । नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपल मेयरको गोन्डोला प्रविधि भनिन्छ ।

अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेष्ठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो । तर विभिन्न कारणले निमार्ण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पछि करिब ६० जनाले रोजगारी पाउने छन् ।

आयोजना सम्पन्न भए पश्चात पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वाश गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।