बैंकले संस्थापक र साधारण गरी तीन लाख ७१ हजार आठ सय २९ कित्ता सेयरका लागि चैत तीनगतेसम्म बोलकबोलको आवेदन लिनेछ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलबाट लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्नेछ ।
न्यूनतम एक सय रुपैयाँदेखि बढाबढमा लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिन सक्ने छन् । सेयर लिालामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताइएको छ ।
बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । जनता बैंकसँग मर्जर सम्झौता गरी अन्तिम स्वीकृति पाउने समयमा एकाएक मर्जर ताडेर बैंकले हकप्रदको बाटो समातेको थियो ।