रिलायबल माइक्रोफाइनान्सले कसलाई दियो हकप्रद निष्काशनको जिम्मा ?

Feb 24, 2017 Merolagani

रिलायबल माइक्रोफाइनान्स (RMFL) ले ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको छ । माइक्रोफाइनान्स सञ्चालक समितिले गत असोज १० गते गरेको हकप्रद निष्काशनको प्रस्ताव गत मंसिर १८ गते सम्पन्न साधारण सभाबाट पारित भएको थियो । माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनको जिम्मा सिभिल क्यापिटललाई दिने सम्बन्धमा क्यापिटलसँग सम्झौता गरेको छ ।

बिहीबार भएको सम्झौता अनुसार माइक्रोफाइनान्सको हाल कायम पाँच करोड ६५ लाख रुपैंया चुक्ता पूँजीको ५० प्रतिशतले हुने दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशनको सम्पूर्ण जिम्म क्यापिटललाई दिएको छ । उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग विष्ट तथा रिलायबल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले हस्ताक्षर गरेका हुन् ।

अब माइक्रोफाइनान्स उक्त हकप्रदको प्रस्ताव लिएर धितोपत्र बोर्डमा जानेछ ।

लमजुङको बेशीँशहरमा मुख्य कार्यालय रहेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो जगेडा कोषमा एक करोड ७४ लाख ७३ हजार रुपैंया सञ्ति गर्दै ७१ लाख ९८ हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांस मात्र बितरण गरेको माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी २५ रुपैंया ४८ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।