बैंक तथा वित्तिय संस्थामा करिब ७३ करोड निक्षेप लगानी गर्दे राष्ट्र बैंक

Feb 24, 2017 merolagani

नेपाल राष्ट्र बैंकले देशभरिका बैंक तथा वित्तिय संस्थाहरुमा ७२ करोड ६९ लाख रुपैँया ५३ हजार रुपैँया लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम एक बर्षे मुद्धती निक्षेपको रुपमा आगामी चैत एक गतेदेखि २०७४ को फागुन मसान्तसम्म लगानी गर्ने भएको हो ।

राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले न्यूनतम ५० लाख रुपैँयादेखि माथि लिन चाहेको रकम र ब्याजदर खुलाई शिलबन्दी दरभाउ फारम भरि दर्ता गर्न तीनवटै बर्गका संस्थाहरुलाई सुचना जारी गरेको हो । यसका लागि केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थालाई फागुन १७ गते मंगलबार ३ बजेसम्ममा प्रस्ताव पठाउन अनुरोध गरेको छ।

केन्द्रिय बैंकले  जारी गरेको सूचना अनुसार वाणिज्य बैंकमा ५८ करोड १५ लाख ६४ हजार रुपैयाँ निक्षेप राख्न लागेको हो । त्यस्तै ख बर्गको विकास बैंकमा १० करोड ९० लाख ४२ हजार रुपैयाँ तथा ग बर्गको फाइनान्स कम्पनीमा ३ करोड ६३ लाख ४७ हजार रुपैयाँ निक्षेप राख्न लागेको हो ।

केन्द्रिय बैैंकले आगामी चैत एक गतेदेखि २०७४ को फागुन मसान्तसम्म बैंक तथा वित्तिय संस्थामा मुद्दती निक्षेपमा रकम राख्नका लागि विभिन्न ११ वटा शर्त समेत तोकेको छ । जसमा मुद्धती निक्षेपमा रकम राख्नका लागि आवेदक बैंक सञ्चालन भएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा माथि हुनुपर्ने रहेका छन् । ती संस्थाहरु लगानीयोग्य हुनको लागि  कर्जा,स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले निर्धारण गरेको सिमाभित्र रहेका बैंक तथा वित्तिय संस्था हुनुपर्नेछ ।

अन्य शर्तहरुमा गत आर्थिक बर्षमा सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जामा सिमा ननाघेको, सर्वसाधारणका लागि छुट्टाईएको सेयर जारी गरिसकेको, कारबाहीमा परेको भए फुकुवा भएर छ महिना पुरा गरेको हुनुपर्ने केन्द्रिय बैंकको शर्त छन् । जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारि अधिकृत वा कार्यकारि सञ्चालक यो मुद्धती लगानीमा सहभागि हुन नपाउने उसको शर्त रहेको छ ।

यस अघि पनि गत माघ २३ गते केन्द्रिय बैंकले एक अर्ब ५७ करोड ९७ लाख ३७ हजार रुपैँया यसरी नै मुद्धती निक्षेप रुपमा लागानी गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।