२३ प्रतिशत बोनसपछि बैंक अफ काठमाडौंको कतिमा भयो सेयरमूल्य समायोजन ?

Feb 26, 2017 merolagani

बैंक अफ काठमाडौं लुम्बिनी (BOKL) को सेयरमूल्य नेपाल स्टक एक्सचेन्जमा आईतबार समायोजन भएको छ । बैंकको २३ प्रतिशत बोनसपछि चार सय ३० रुपैँयामा सेयरमूल्य समायोजन भएको हो ।

चार सय ६३ रुपैँया आधार मूल्य रहेको बैंकले चैत ३ गते साधारण सभा बोलाएको छ । साधारणसभामा बैंकको नाम परिवर्तन गर्ने, संस्थापकहरुको हिस्सा ४४ प्रतिशतबाट ५१ प्रतिशत बनाउन थप ६२ लाख आठ हजार १३२ कित्ता संस्थापक सेयरहरु प्रिमियम मूल्यमा जारी गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्देछ । साथै उसले संस्थापक ४ र सर्बसाधारणका तर्फबाट ४ संचालकहरुको निर्वाचन गर्ने भएको छ ।

बैंक अफ काठमाण्डू लुम्बिनीले प्रस्ताव गर्यो २३ प्रतिशत बोनस

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६० करोड १४ लाख रुपैयाँ खुद नाफा गर्न सफल छ । पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा छ ।

फेरि पछाडि किन फर्कियो बैंक अफ काठमाण्डु ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।