एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ ?

Feb 26, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले मर्ज वा एक्विजिशनमा गएका कम्पनीको संयुक्त बित्तीय कारोबार खोल्दा नै सेयर कारोबार पनि खोल्नुपर्ने र त्यसो हुन नसकेमा बढीमा १५ दिनभित्र सेयर कारोबार खोल्नुपर्ने निर्देशन जारी गरेको थियो । चार वटा बिकास बैंकलाई मर्ज गरेर एनसीसी बैंक(NCCB)ले संयुक्त बित्तीय कारोबार सुरु गरेको दुई महिना बितिसकेको छ तर सेयर  कारोबार कहिले खुल्छ ?

एनसीसी बैंकको सेयर शाखाका अनुसार केही प्रक्रियागत ढिलाईले सेयर कारोबार खुलाउन समस्या भएको छ । धितोपत्र बोर्डबाट मर्ज पुरा भएपछिको अबस्थामा पाउनुपर्ने स्वीकृतिमा ढिलाई भएको र नेपाल राष्ट्र बैंकबाट बित्तीय बिबरण अनुमोदन भएर नआईसकेको हुँदा सेयर कारोबार खुल्न नसकेको एनसीसी बैंकको भनाई छ ।

एनसीसी बैंक, सेयर शाखाकी एक कर्मचारीले मेरोलगानी डटकमसँग भनिन् - राष्ट्र बैंक र अरु निकायबाट हुनुपर्ने सबै काम अब लगभग सकिएको छ र यही साताभित्र सेयर कारोबार खुलाउने अन्तिम तयारी भईरहेको छ ।

चारवटा ठूला बिकास बैंकलाई गाभेको एनसीसी बैंकको किन भयो यस्तो हालत ?

झण्डै दुई बर्षदेखि सेयर कारोबार रोकिदा आफुहरुलाई मर्का परिरहेको भन्दै लगानीकर्ताहरु आक्रोशित हुन थालेका छन् । एकातिर सेयर बजार खस्कनु र अर्को तर्फ एनसीसीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय बिबरण खराब देखिई निस्क्रिय कर्जा बढ्नु, प्रति सेयर आम्दानी तीन रुपैयाँमा झर्नु लगायतका कारणहरुले लगानीकर्ताहरुमा आक्रोश बढेको देखिन्छ ।

कम्पनीले आफ्नो बिग्रिएको बित्तीय अबस्था सुधार्ने र तत्काल सेयर कारोबार खोलेर लगानीकर्तालाई राहत दिनेतर्फ ध्यान नदिए लगानीकर्ताको आक्रोश अरु नबढ्ला भन्न सकिन्न । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।