के कारणले लगानीकर्ताको मनोबल कमजोर बन्यो भन्ने कुरा भने स्पष्ट छैन ।
तरलता संकुचनको अबस्था नसुघ्रिएको, चुनाव घोषणा भए पनि सिर्जित राजनीतिक अन्योल पुरै नहटेको, सेयर आपुर्ति बढेको, हकप्रद, एफपीओ र साधारण सेयर आउने क्रम जारी रहेको, लगानीकर्ताको संख्या र लगानी थपिन नसक्नु लगायतका कुराको प्रभाव बजारमा परेको हुनसक्छ ।
आइतबार नेप्से परिसूचक २४.४५ अंकले घटेर १३१३.०३ अंकमा झरेको छ । १३२ कम्पनीको कारोबार भएको बजारमा २५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत पाँच करोडले घटेको छ ।
यसदिन वीमा समुह सवैभन्दा धेरै झण्डै १६९ अंकले झरेको छ । वाणिज्य बैंक समुह १८ दशमलव १८ अंकले ओरालो लाग्दा विकास बैंक, उत्पादन, फाइनान्स र जलविद्युत ,होटल र अन्य गरी सबै समुह ओरालो लागेका छन् ।
आइतबार कुमारी बैंकको सवैभन्दा बढी ३ करोड २४ लाखको कारोवार भएको छ । साधारणसभाका लागि बुक क्लोजको सूचना जारी गरेपछि कम्पनीको सेयर किनबेच बढेको हो । कम्पनीले फागुन २० गतेदेखी सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट, शिखर इन्स्योरेन्स र एभरेष्ट बैकको पनि एक करोड बढीको कारोबार भयो । अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।
यसदिन सबैभन्दा धेरै सहारा विकास बैंकका लगानीकर्ताले कमाए यो कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । मिशन डेभलपमेन्ट, आरएसडिसी लघुवित्त, मञ्जुश्री फाइनान्स तथा मेरो माइक्रो लगायतका कम्पनी धेरै कमाउनेमा परे ।
त्यस्तै सिन्धु विकास, नेपाल टेलिकम, सिद्धार्थ इन्स्योरेनस, एनएमबि माइक्रो, प्रिमियर इन्स्योरेन्स तथा शिखर इन्स्योरेन्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे ।