वक्यौता लेखा परिक्षण यथाशक्य छिटो गर्न बीमा संस्थानलाई अर्थमन्त्रीको निर्देशन

Feb 26, 2017 merolagani

उप तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई वक्यौता लेखा परिक्षण यथाशक्य छिटो गर्न निर्देनश दिएका छन् । संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय परिसरमा निर्माण गरिएको स्वर्ण जयन्तीस्मारक स्तम्भको आइतबार अनावरण गर्दै महाराले संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्नुेमा जोड दिए ।

साथै उनले संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा लैजान समेत सुझाव दिएका छन् । त्यस्तै उनले संस्थानको पूँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउन आग्रह गरे।

मुलुकको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५० औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण जयन्तीस्मारक स्तम्भ निर्माण गरिएको हो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष डा. खेमराज खरेलले अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको भन्दै दक्षा जनशक्ति र नयाँ सूचना प्रविधिमार्फत देशका कुनाकुनामा बीमा सेवालाई विस्तार गरी देश र जनताको सेवामा समर्पित तथा उत्तरदायी हुन संस्थान कटिबद्घ रहेको बताए ।

संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमांकीय मूल्यांकनलाई नियमित गर्ने जनाउँदै सन् २००७ देखिको बीमांकीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

बीमाङ्कनबाट बीमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।

संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पूँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा १५ अर्ब लगानी गरेको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।