किंग्स् कलेजको 'हाम्रो उत्सव' मा स्टक मार्केट च्यालेन्ज बारे प्रतिस्पर्धा गराइने

Feb 26, 2017 merolagani

किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयबस्तु अन्तर्गत रहि यहि फाल्गुन १७ देखि १८ सम्म काठमाडांै कमलादीस्थित एकेडेमी हलमा हाम्रो उत्सवको आयोजना गर्ने भएको छ । उत्सवमा स्टक मार्केट च्यालेन्ज,सोसल मिडिया मार्केटिङ्ग तथा ब्यवसायिक योजना लेखाइ लगायतका बिषयमा सहभागी बिधार्थीहरुले प्रतिपर्धा गर्ने आयोजकले जनाएको छ । 



किंग्स् कलेजको प्रमख दृष्टिकोण तीनवटा ईः यजुकेशन (शिक्षा), आन्टरप्रेनरशिप (उद्यमशिलता) र इन्टरटेनमेण्ट (मनोरञ्जन) लाई उत्सवले प्रमुख जोड दिएको आयोजकले जनाएको छ ।

कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, शिप, अनभव र प्रतिभाको प्रस्फुटन गराउन अत्यावशेक मञ्च प्रदान गर्नेछ । विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्नेछ ।

उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुका लागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको कलेजका कार्यकारी निर्देशक एवं प्रिन्सिपल नरोत्तम अर्यालले बताए।

उत्सवमा स्टक मार्केट च्यालेन्जःसोसल मिडिया मार्केटिङ्गः ब्यवसायिक योजना लेखाइः हाजिरी जवाफः मानव संशाधान प्रतिस्पर्धाः लगायतका बिषयमा सहभागी बिधार्थीहरुले प्रतिपर्धा गर्ने आयोजकले जनाएको छ ।

स्टक मार्केट च्यालेन्ज प्रतिस्पर्धाले प्रतिस्पर्धीहरुलाई विभिन्न कम्पनीहरुको स्टकमा कसरी लगानी गर्ने भन्नेबारे विचार तथा निर्णय गर्ने अवसर प्रदान गर्नेछ । प्रतिस्पर्धाअन्तर्गत एक भर्चअल स्टक मार्केटको श्रृजना गरिनेछ भने प्रतिस्पर्धीहरुलाई प्रतिस्पर्धाका लागि भर्चअल सिड रकम उपलब्ध गराइने छ । लगानीमा अधिकतम प्रतिफल हासिल गर्ने समूह यस प्रतिस्पर्धाको विजयी घोषित हुनेछ ।

किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गर्ने यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।