बैंकले निष्काशन गरेको हकप्रद मध्ये ९२.५५ प्रतिशत हकप्रद मात्र बिक्री भएको थियो । अहिले हकप्रदमा बिक्री नभएको ७.४५ प्रतिशतको दरले हुन आउने सात लाख ६७ हजार ५५२ कित्ता सेयरको लिमामी गर्न लागेको हो ।
जनता बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर १ गतेदेखि ५० गत पुस ५ गतेसम्म प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । बैंकले निष्काशन गरेको पचास प्रतिशत हकप्रदमा नविकेको उक्त शेयर लिलामी मार्फत बोलकबोलमा बिक्री गर्ने भएको हो ।
ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रवन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङ्ग कमलपोखरीबाट चैत १ गतेदेखि १५ गतेसम्म बोलकबोल आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले संस्थापक सेयरमा न्युनतम एक हजार कित्ता तथा सर्वसाधारणमा एक सय कित्तादेखि अधिकतम कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।
बिक्री प्रबन्धकले बोलकबोलको नतिजा चैत १६ गते अपरान्ह ३ बजे बोलपत्रदाता वा उसका प्रतिनिधिको उपस्थितिमा खोल्नेछ । लिलामी नपरेका लगानीकर्ताको रकम चैत २७ गतेबाट फिर्ता गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।