कृषि बिकास बैंकको लिलामको सेयर दुईहजार एक सय जनाले पाए, न्युनतम मूल्य कति ?

Feb 27, 2017 Merolagani

कृषि बिकास बैंक(ADBL)ले लिलाममा निकालेको १९ लाख ६८ हजार कित्ता सेयर दुई हजार एक सय जना भन्दा बढीले पाएका छन् । लिलाममा राखिएको सेयरलाई प्रति कित्ता तीन सय ६१ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबुल गर्नेले  पाएका हुन् । 

 

लिलामको प्रबन्ध मिलाउने एस क्यापिटलका अनुसार ९ हजार दुई सय जना मध्ये दुई हजार एकसय जनाले सेयर पाएका हुन् । लिलाममा भाग लिनेले प्रति कित्ता छ सय एक रुपैयाँसम्म मूल्य हालेका थिए ।

आईतबार खोलिएको लिलाममा सबै बोलपत्रहरु हेरेर बिबरण रुजु गर्दा सोमबार साँझ मात्रै नतिजा बाहिर ल्याउन सकिएको हो । एस क्यापिटलका कर्मचारीहरुले आईतबार रातभरि बोलपत्रहरु खोलेर बिबरणहरु कम्प्युटरमा प्रबिष्ट गरेका थिए ।
अहिले एस क्यापिटलले बिबरण मात्रै तयार गरेको र कृषि बिकास बैंकका तर्फबाट आधिकारिक निर्णय भएपछि मात्र आधिकारिक कुराहरु सार्वजनिक हुने बताईएको छ ।

कृषि बिकास बैंकले ५० प्रतिशत हकप्रद निश्काशन गर्दा नबिकेको साधारण सेयर लिलाममा निकालेको हो । यो सेयर बिक्रीबाट आउने कम्तिमा ६० करोड रुपैयाँ उसको जगेडा कोषमा जाने भएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।