नेपाल लाईफको एफपीओमा भएभरको पैसा खन्याउनेको यस्तो हुने भयो हालत

Feb 28, 2017 Merolagani

तिलक कोइराला 

नेपाल लाईफ(NLIC)को थप नयाँ साधारण सेयर अर्थात एफपीओमा आफुसँग भएभरको पैसाका साथै चर्को ब्याजमा ऋण काढेर आबेदन गर्नुभएको छ र धेरै कित्ता सेयर पर्ने आशमा हुनुहुन्छ भने अब पछुताउनुको सट्टा भबिष्यका लागि शिक्षा लिन तयार हुनुहोस्, त्यो भन्दा अर्को विकल्प छैन ।

यस्तो देखियो अबस्था

नेपाल लाईफले निश्काशन गरेको ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री गर्न सिद्धार्थ क्यापिटलले आबेदन माग गरेको थियो । प्रति कित्ता १३२५ मा १०० अंकित मूल्य थपेर १४२५ रुपैयाँका दरले आबेदन माग गर्दा त्यसमा दुई लाख ५५ हजार जनाले आबेदन गरेका थिए । त्यसबाट ५४ अर्ब ७० करोड रुपयाँ भन्दा बढी रुपैयाँ संकलन भएको छ ।

आबेदकहरुको बर्गीकरण गर्दा १० कित्ताका दरले ओदन गर्नेको संख्या २३ हजाार २०० हाराहारी, २० कित्ताका दरले आबेदन गर्ने नौ हजार ४०० र ३० कित्ता भन्दा बढीको दरले आबेदन गर्नेको संख्या एक लाख ६४ हजार ३०० हाराहारीमा पुगेको छ । ४० कित्तादेखि ३० हजार ९२० कित्तासम्म आबेदन गर्नेको संख्या ५२ हजार भन्दा बढी छ । 

लगानीकर्ताले भरभरको पैसा खन्याउँदा बित्त प्रणालीमै संकट

लगानीकर्ताले महंगो एफपीओमा आफुसँग भएभरको मात्रै नभएर चर्को ब्याजमा ऋण काढेर पनि लगानी गरे । यसले दोस्रो बजारमा मात्रै असर गरेन, तरलता संकट बढाएर समग्र बित्त प्रणालीमै असर गर्यो । सर्बसाधारणसँग भएको पैसा एफपीओको नाममा बैंकमा बन्धक बनेपछि पुस मसान्तबाट चर्किएको तरलता संकटले मुद्धती निक्षेप र कर्जाको ब्याजदर पनि ह्वात्तै बढ्दा मार लगानीकर्ताले नै खेप्नु पर्यो । यही कारणले अहिले कतिपय लगानीकर्ता मात्रै हैन, बैंकहरु नै हल न चलको अबस्थामा पुगेका छन् ।

सिद्धार्थ क्यापिटलका कर्मचारीलाई तनावै तनाव

नेपाल लाईफको एफपीओमा आबेदन गर्नेहरु ओईरिएपछि चार कार्यदिन त सिद्धार्थ क्यापिटलका कर्मचारीहरुले दौडधुप र सास्ती खेप्नुसम्म खेपे । आबेदनको अन्तिम दिन अर्थात माघ २ गते मध्यरातिसम्म कर्मचारीहरु आबेदन लिन र मिलाउनै ब्यस्त भए । त्यसपछि चेक क्लियरिड.मा पठाउने र बिबरणहरुलाई कम्प्युटरकृत गर्नमै उनीहरुको दिन बित्यो । बजारमा तरलता संकट चर्किएपछि धितोपत्र बोर्डले चाँडै बाँडफाँट गर्न निर्देशन दियो र त्यसकै तयारीमा लाग्दा कर्मचारीहरुले केही दिन यता राम्ररी सुत्न समेत पाएका छैनन् । बीचमा अरु बैंकमा तरलता संकट समाधान गर्न भन्दै सिद्धार्थ बैंकले एफपीओमा जम्मा भएको पैसा अरु बाणिज्य बैंकलाई १० प्रतिशत ब्याज दरमा सापट दिएको थियो, त्यो पैसा सिद्धार्थमा फर्कन पनि समय लाग्ने नै छ ।

अर्कोतर्फ कतिपय संकलन केन्द्रहरुले आबेदनमा उल्लेख भएको र चेक, ड्राफ्टबाट जम्मा भएको रकम भिडाएर बिबरण अद्यावधिक नगरिदिदाको सास्ती पनि छदैछ । त्यसले पनि रकम यकिन गर्नमा केही समस्या सिर्जना गरेको पाईएको छ ।

अब कसरी होला बाँडफाँट ?

अरु कम्पनीको सेयर बाँडफाँड जस्तै नेपाल लाईफको एफपीओमा पनि ठूला लगानीकर्तालाइृ ६० र साना लगानीकर्तालाई ४० प्रतिशत सेयर भाग लगाएर बाँडफाँड मोडल तयार गरिने संभावना छ । यसो हुँदा ३० लाख ९६ हजार ४२० कित्ताको ६० प्रतिशत अर्थात १८ लाख ५७ हजार ८५२ कित्ता ठूला लगानीकर्ताको भागमा र ४० प्रतिशत अर्थात १२ लाख ३८ हजार ५६८ कित्ता साना लगानीकर्ताको भागमा जानेछ । अब भन्नुहोस् दुई लाख तीन हजार जनालाई १२ लाख ३८ हजार ५६८ कित्ता कसरी भाग लगाउने ? ६ दशमलव १ कित्ता मात्र भाग जान्छ, १० कित्ता भन्दा तल बाड्न मिल्दैन । त्यसैले सानालाई गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित छ ।
ठूलाले त धेरै पाउलान् नि ? तपाइँको प्रश्न पनि यस्तै आउनसक्छ । तर उनीहरुले पनि पाँच प्रतिशतकै हाराहारीमा सेयर पाउने छन् । १०० कित्ता हाल्नेलाई जम्मा पाँच कित्ता हाराहारीमा मात्र ।

सिद्धार्थ क्यापिटलकाा प्रमुख कार्यकारी धु्रब तिमिल्सिना अनुसार धितोपत्र बोर्डले दोस्रो पटक दिएको निर्देशनकै अधिनमा रहि यही फागुन २२ गते भित्रमा सेयर बाँडफाँट गर्ने तयारी भईरहेको छ तर अहिलेसम्म कुनै बाँडफाँट मोडल बनिसकेको छैन ।

अब नाफा हिसाब गर्नुहोस्, कति भयो नाफा ?

नेपाल लाईफको अहिले सेयर मूल्य दोस्रो बजारमा २१०० रुपैयाँ हाराहारीमा छ । तपाइँले हालेको १४२५ लाई २१०० बाट घटाउनुस बाँकी हुन्छ ६७५ रुपैयाँ । आफुले लगानी गरेको पैसाको ब्याज र दौडधुप खर्च पनि जोड्नुहोस् र उसले दिने ३० प्रतिशत बोनसको हिसाब पनि राख्नुहोस् । हरेक लगानीकर्तालाई घाटै भएको हुनेछ । त्यसैले आगामी दिनका लागि शिक्षा लिनु भन्दा अर्को विकल्प छैन । आईपीओ, एफपीओ र सेयर लिलाम भन्दैमा उचालिएर आफुसँग भएभरको पैसाले नपुगेर चर्को ब्याजमा ऋण काढेर लगानी गर्नु बेकार रहेछ । एक कित्ता पनि सेयर नपर्ने लगानीकर्ताले समेत यो शिक्षा लिए भने सबैभन्दा ठूलो उपलिब्ध अर्थात नाफा यही हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।