बंगलादेश बैंकले पायो असी प्रतिशत हकप्रद निष्काशनको अनुमति, बुक क्लोज कहिले ?

Mar 01, 2017 merolagani

नेपाल बंगलादेश बैंकले धितोपत्र बोर्डबाट असी प्रतिशत अर्थात १० कित्ता बराबर आठ कित्ताको अनुपातले सेयरधनीलाई हकप्रद निष्काशन गर्न अनुमति पाएको छ ।

बंगलादेश बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयरको जारी गर्ने अनुमति पाएको हो ।

यससँगै बैंकको बुक क्लोज मिति तय भई नसकेको नभएपनि चैतमा हुने देखिएको छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी पुर्याउन ८० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको बैंकले धितोपत्र बोर्डबाट अनुमति पाउने वित्तिकै सेयर बिक्री प्रक्रिया अगाडि बढाउने यसअघि नै बताएको थियो ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको पूँजी करिब ७ अर्ब २२ करोड ११ लाख रुपैँया पुग्नेछ । धितोपत्र बजारमा नेप्सेमा मंगलबार बैंकको सेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँमा कारोबार भएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ अनि प्रतिसेयर नेटवर्थ १६४ रूपैयाँ छ । बैंकले सेयरधनीलाई गत बर्षको कमाईबाट असोज १८ सम्म कायम शेयरधनीहरुलाई ३२ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।