लाइफ इन्स्योरेन्स कर्पोरेनले कति प्रस्ताव गर्यो बोनस ?

Mar 01, 2017 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने बोनस प्रस्ताव गरेको हो ।

कम्पनीका अनुसार बुधबारको सञ्चालक समितिको बैठकले २४ दशमलव आठ प्रतिशत बोनस तथा एक दशमलव ३० प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो । कम्पनीका एक अधिकारीले मेरोलगानीसँगको कुराकानीमा सञ्चालक समितिले उक्त लाभांस प्रस्ताव गरेको जानकारी मेरोलगानीलाई दिएका हुन् ।

इन्स्योरेन्सको अहिले चुक्ता पूँजी एक अर्ब छ करोड ९४ लाख ५३ हजार एक सय २५ रुपैंया रहेको छ । प्रस्तावित बोनस बीमा समिति तथा साधारण सभाबाट पारित भएर बितरण भए पछि उसको चुक्ता पूँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैंया पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।