स्रोतका अनुसार जनता बैंकमा सिद्धार्थ डेभ्लपमेन्ट बैंक बेचिने गरी सम्झौता हुन लागेको हो । जनता र त्रिबेणीको मर्ज सकिए पछि सिद्धार्थलाई मिलाउने प्रक्रिया जारी रहने भएको छ । जनता र त्रिबेणी दुबैले साधारणसभा गरेर आपसमा गाभिने अन्तिम प्रस्ताव पारित गरी राष्ट्र बैंकमा पेश गरिसकेका छन् । जनता बैंकको नाममा आउने चैत्र १ गतेदेखि संयुक्त कारोबार गर्न दुबै बैंकका तर्फबाट तयारी तीब्र पारिएकको अबस्थामा राष्ट्र बैंकको स्वीकृति महत्वपूर्ण हुने देखिएको छ ।
जनता बैंकले त्रिबेणीलाई गाभेर ६० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पूँजी आठ अर्ब नाघ्ने भएकोमा सिद्धार्थलाई गाभेपछि बैंक झन् बलियो र सबल हुने संभावना बढेको छ । सिद्धार्थको चुक्ता पूँजी एक अर्ब ४१ करोड रहेको छ ।
जनता बैंकमा त्रिबेणी गभिदा दुबैको स्वाप रेसियो एक कित्ता बराबर एक कित्ता भए पनि सिद्धार्थलाई मिसाउँदा स्वाप कति हुने भन्ने कुरा खुलाईएको छैन । सिद्धार्थ पहिले बिग्रिएर पछिल्ला दिनमा सुध्र्रिएको बिकास बैंक हो । उसले आफैले राष्ट्र बैंकले तोकेको साढे दुई अर्ब चुक्ता पूँजी पुर्याएर राष्ट्रियस्तरको बिकास बैंकमा टिक्न नसक्ने भएपछि जनतासँग मिल्ने निष्कर्षमा पुगेको देखिन्छ ।