कुमारी बैंकको ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, हकप्रद चैत छ गतेदेखि

Mar 02, 2017 Merolagani

कुमारी बैंकले आगामी चैत छ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको आह्वानपत्र प्रकाशित गर्दै हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । चैत २० गते बैंकले साधारण सभा तथा हकप्रदका लागि सेयरधनी पुस्तिका बन्द गर्दैछ । हकप्रद र बोनस सुरक्षित गर्न चाहनेले आज सेयर खरिद गरिसक्नु पर्नेछ ।

बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत नौ गते साधारण सभा बोलाउने निर्णय गरेको छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले २१ प्रतिशत बोनस पनि प्रस्ताव गरेको छ । प्रस्तावित बोनस तथा हकप्रदका लागि बैंकले एकै पटक सेयरधनी पुस्तिका बन्द गरेको हो । बैंकले उल्लेखित स्थानबाट हकप्रद सेयरमा आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ । चैत छ गतेदेखि खुल्ला भएको हकप्रदमा लगानीकर्ताले बैशाख १० गतेसम्ममा आवेदन गरिसक्नु पर्छ ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ ।

एनसीसी बैंकसँग मर्ज भाँडेर आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले अहिलेको बोनस, हकप्रद तथा एक्वायर पुरा गरी कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । यो २० प्रतिशत हकप्रद समेत निष्काशन भैसके पछि बैंकको चुक्ता पूँजी आठ अर्ब रुपैंया नजिक हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।