नागबेलीले विहीबारदेखि नगद लाभांश बाँड्ने, कन्ट्रीले माग्यो डिम्याट खाता

Mar 02, 2017 merolagani

नागबेली लघुवित्त (NBBL) ले विहीबारबाट बिक्री प्रबन्धकको कार्यालय एनएमबि क्यापिटलको कार्यालय नागपोखरी नक्सालबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ । उता कन्ट्री डेभलपमेण्ट बैंकले पनि बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा पठाउन भन्दै डिम्याट खाता उपलब्ध गराउन आग्रह गरेको छ ।

नागबेली लघुवित्तको पुस २९ गते सम्पन्न सातौं बार्षिक साधारणसभाले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांशका साथै ६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब पारित गरेको थियो ।

कम्पनीले बोनस सेयर भने बुक क्लोजको अधिल्लो दिनसम्म सेयर डिम्याट गरेका लगानीकर्ताको डिम्याट खातामा नै पठाउने भएको हो ।  सेयर डिम्याट नगरेका सेयरधनीलाई डिम्याट गराए पश्चात बोनस प्रदान गरिने हुनाले आफ्ना सेयर अभौतिकिकरण गर्न समेत लघुवित्तले आग्रह गरेको छ ।

उता बनेपामा प्रधान कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंक (CNDBL) ले सेयरधनीलाई बोनस प्रदान गर्न हितग्राही खाता उपलब्ध गराउन सुचना जारी गरेको छ । माघ १२ गते सम्पन्न भएको बैंकको नवौं साधारणसभाले सेयरधनीलाई ८.४५ प्रतिशत बोनस प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

धितोपत्र बोर्डको निर्देशन अनुसार बैंकले बोनस डिम्याट खतामा नै उपलब्ध गराउन लागेको जनाएको छ । साधारणसभा प्रयोजनका लागि बुक क्लोजको अधिल्लो दिनसम्म सेयर डिम्याट गरेका लगानीकर्ताहरुलाई डिम्याट खातामा नै बोनस पठाउने बैंकले तयारी गरेको हो ।

सेयर डिम्याट नगरेका सेयरधनीलाई भने बैंकले सेयर डिम्याट गराएपछि मात्र बोनस प्रदान गरिने हुनाले आफ्ना सेयरहरु बिक्री प्रबन्धक सिभिल क्यापिटल वा अन्य निक्षेप सदस्यकोमा गएर चाँडै सेयर अभौतिकिकरण गर्न समेत बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।

             ...[कागजी सेयर प्रमाणपत्र बोक्नेहरु अनेक झमेलाबाट किन मुक्त नहुने ?]...

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।