१७० देखि १८० कित्ता आबेदन गर्नेले अनिबार्य रुपमा १० कित्ता पाउँदा १९० देखि २१० कित्तासम्म आबेदन गर्नेले ११ कित्ता पाएका छन् । सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ सय ४१ कित्ता पाएका छन्
। ठूला लगानीकर्तालाई ५.७३ प्रतिशतको दरले सेयर बाँडफाँड गरिएको छ ।
आबेदकहरुमा १० कित्तावाला २३ हजार १४८ रहेकोमा पाँच हजार ५०३ जनाले, २० कित्तावाला ९ हजार ३७८ रहेकोमा चार हजार ३७७ जना र ३० कित्तावाला एक लाख ६३ हजार ८०१ रहेकोमा एक लाख १४ हजार १२५ जनाले सेयर पाएका छन् ।
एफपीओमा ५४ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ बराबरको आबेदन परेको थियो ।
सेयर नपरेकाहरुलाई पाँच कार्य दिनपछि रकम फिर्ता भुक्तानी गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।