नेपाल लाइफको एफपीओ बाँडफाँडको मोडल यस्तो,अन्तिम नतिजा मेरोलगानीमा

Mar 03, 2017 Merolagani

दुई लाख ५५ हजार मध्ये एक लाख ६५ हजारले मात्र पाए
नेपाल लाइफ इन्स्योरेन्सले बाँडफाँड गरेको थप नयाँ सेयर एफपीओमा आवेदन गर्ने अधिकांस लगानीकर्ता गोलाप्रथामा परेका छन् । ३० कित्ताका लागि मात्र एक लाख ६३ हजार आठ सय एक जनाले आवेदन दिएकोमा एक लाख १४ हजार एक सय २५ आवेदकले मात्र सेयर पाएका छन् । २० कित्ता र १० कित्ताका आवेदकको पनि अवस्था उस्तै छ । हेर्नुहोस्, यस्तो छ बाँडफाँड मोडल ...

कुल आवेदक मध्ये एक सय ६२ आवेदन रद्ध भएका छन् । दुई लाख ५५ हजार दुई सय १५ आवेदन मध्ये दुई लाख ५५ हजार ५३ आवेदक मात्र सेयर बाँडफाँडमा सहभागि गराइएका थिए । जस मध्ये एक लाख ६५ हजार पाँच सय ६४ आवेदकले मात्र सेयर पाएका हुन् ।

एक सय ८० कित्तासम्मका एक लाख २५ हजार पाँच जनाले १० कित्ता सेयर पाएका छन् । १० कित्ताका लागि २३ हजार एक सय ४८ जनाले सेयर आवेदन गरेकोमा पाँच हजार पाँच सय तीन जनाले १० कित्ता नै सेयर पाएका छन् । २० कित्तावाला ९ हजार ३७८ रहेकोमा चार हजार ३७७ जना र ३० कित्तावाला एक लाख ६३ हजार ८०१ रहेकोमा एक लाख १४ हजार १२५ जनाले सेयर पाएका छन् ।

मोडल अनुसार ४० कित्ताका आवेदक मध्ये  आठ सय ३६ जानले सेयर पाएका हुन् भने ५० कित्ताका आवेदक मध्ये दुई हजार तीन सय ४६ जनाले सेयर पाएका छन् । त्यसै गरी ६० कित्ताका आवेदक मध्ये पाँच सय ५४ जनाले मात्र सेयर पाएका छन् भने ७० कित्ता माग्ने मध्येबाट एक हजार दुई सय ४५ जनाले मात्र सेयर पाएका छन् । उता ८० कित्ता माग्ने मध्ये पाँच सय १४ जना, ९० कित्ता माग्ने मध्ये एक सय ७० जना, र एक सय कित्ता माग्ने मध्ये चार हजार ८० जनाले नेपाल लाइफको सेयर पाएका छन् ।

त्यसै गरी गोला प्रथाबाट एक सय १० कित्ता माग्ने मध्ये नौ सय ५७ जनाले सेयर पाएका छन् भने एक सय एक सय २० कित्ता माग्ने मध्ये तीन सय आठ जनाले सेयर पाएका छन् । एक सय ३० कित्ता मागेकाहरुबाट दुई सय ९६ जनाले सेयर पाउँदा एक सय ४० कित्ता माग्नेहरु मध्येबाटनौ सय १८ जनाले सेयर पाएका छन् ।

गोला प्रथाको दोस्रो अन्तिम क्लासमा रहेको एक सय ५० कित्ताका आवेदक मध्ये एक हजार दुई सय १६ जनाले सेयर पाउँदा गोलाप्रथाको अन्तिम क्लासमा परेको एक सय ६० कित्ताका आवेदकहरु मध्येबाट तीन सय ४७ जनाले मात्र सेयर पाएका छन् । उल्लेखित सबै आवेदकले १० कित्ता मात्र सेयर पाएका हुन् भने एक सय ७० र एक सय ८० कित्ताका सबै आवेदकले अनिवार्य रुपमा १० कित्ता नै सेयर पाएका छन् ।

त्यस पछिका आवेदकहरुले माग गरेको सेयरको ५ दशमलव ६३ प्रतिशत मात्र सेयर पाएका हुन् । खण्डित सेयरलाई समायोजन गर्दा उल्लेखित प्रतिशतमा एक कित्ता सेयर तल माथि पर्न सक्छ । अधिकतम सेयर पाउनेमा एक सय ७३ जना आवेदकले एक हजार सात सय ४१ कित्ता सेयर पाएका छन् ।

सेयर बाँडफाँडको अन्तिम नतिजा केही बेरमा मेरोलगानीमा प्रकाशित गरिने छ । हेर्नुहोस् मोडल । एप्लिकेशन तथा कुनै ब्राउजरमा यो मोडल हेर्न नसक्नु भएको भए यहाँबाट हेर्न सकिन्छ ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।