बैंकले बैंकले पुस १८ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुला गरेको थियो ।
ईच्छुक लगानीकर्ताले बैंकको सेयरमा न्यूनतम एक सय कित्तादेखि दश कित्ताको गुणांकमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् । बोलकबोल दाताले एक सय रुपैँयाभन्दा बढि अंकित मूल्य तोकेर लिलामीको लागि आवेदन गर्न सक्नेछन् । सबैभन्दा बढि अंकित मूल्यमा आवेदन गर्नेलाई प्राथमिकता दिएर सेयर बाँडफाँड हुनेछ ।
बोलपत्रको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा चैत ६ गते ३ ३० बजे खोलिनेछ ।
साथै बैंकको सञ्चालक समितिको बैंठकले हकप्रदमा आफ्नो हकभन्दा बढि सेयर माग गरेका सेयरधनीलाई फागुन २६ गतेदेखि रकम बुझाएको स्थानबाटै रकम फिर्ता गर्ने भएको छ । बैंकको हकप्रद भने नेप्सेमा सुचिकरण पश्चात बिक्री प्रबन्धकले सेयरधनीको डिम्याट खातामा नै पठाउने छ ।